सवारी दुर्घटना हुँदा पश्चिम नवलपरासीमा १ को मृत्यु, ४ जना घाईते

0

गैँडाकोट, मंसिर ४ । पश्चिम नवलपरासी सरावल गाउँपालिका १ बासा चोक स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्रदेश ३–०१–०२३ च ५७६६ नम्वरको बलेरो पिकअपले बिपरित दिशाबाट आउदै गरेको लु १ ह ८१० नम्वरको अटो रिक्सलाई ठक्कर दिदा अटो रिक्सामा सवार रुपन्देही तिलोत्तमा नगरपालिका ११ बस्ने बर्ष ५५ को दुर्गा बहादुर बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनभुयो ।

लुम्बिनी सि.टी. अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । अटो रिक्सा चालक जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका ११ बस्ने बर्ष ३६ को जगराम चौधरी, सोही अटोमा सवार बर्ष ४० कि दुर्गा बि.क., अटोमा सवार बर्ष ५० कि सन्त कुमारी बि.क. र अटोमा सवार बर्ष ४२ कि फुल माया बि.क समेत घाईते भई लुम्बिनी सि.टी. अस्पताल बुटवलमा उपचार भईरहेको श्रेष्ठले बताउनुभयो । ठक्कर दिने बलेरो पिकअप र चालक प्रहरीको नियन्त्रणमा रहेको र अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

Share.

Leave A Reply