राप्रपा कालिकाको आयोजनामा सामुहिक गाई पूजा

0

चितवन, कार्तिक ३० । रास्ट्रिय प्रजातन्त्र पार्टि कालिका नगरपालिकाको आयोजनामा आज गाई पुजा गरिएको छ । भरतपुर १ बागेश्वरीमा संरक्षणका क्रममा रहेका गाईलाई पुजा गरिएको कालिका नगर वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

हिन्दु धर्मको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गरिएको उहाँको भनाई छ । देशमा धर्मनिरपेक्षताका कारण हिन्दु धर्म संकटमा पर्न सक्ने खतरा रहेको भन्दै आफ्नो सनातन हिन्दु धर्म नछाड्न कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिनुभएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य दिलिप पान्डे,क्षेत्रिय अध्यक्ष तिलक गुरुङ,नगर अध्यक्ष हेम बहादुर नेपाल,कालिका नगरपालिका वरिष्ठ उपाध्यक्ष आशिष भट्टराई,वार्ड संयोजक भाष्कर पौडेल लगायतको उपस्थिती थियो ।

Share.

Leave A Reply