चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

0

चितवन, कार्तिक १३ । चितवनका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडानम्वर १३ निवासी ७३ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा दयारम लम्सालले जानकारी दिनुभयो ।

श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना हुनुभएको उहाँमा कार्तिक ३ गते कोभिड १९ को संक्रमण पुष्टी भएको थियो । कोभिड आइसीयुमा भेन्टीलेटरको सहायताले उपचार हुँदैगर्दा गएराति मृत्युभएको अस्पतालले जनाएको छ । उहाँमा मधुमेहको समेत समस्या रहेको थियो ।

Share.

Leave A Reply