विकु सहकारीको १९ औं सेवा केन्द्र अरुणखोला बजारमा

0

 

कार्तिक ६ । ५० पैसाबाट सुरु भएर ६ अर्व र २६ जनाबाट ८० हजार शेयर सदस्य पुग्न सफल विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १९ औँ सेवा केन्द्रको विस्तार गरेको छ । हिजो देखि नवलपुरको मध्यबिन्दू नगरपालिका वाड न.१० अरुणखोला बजारबाट आरुङ्गखोला सेवा केन्द्र बाट सेवा शुभारम्भ गरेको हो।

गैंडाकोट नगरपालिका वाट न. ८ मा केन्द्रीय कार्यालय भई नवलपुर र चितवन जिल्लामा सेवा प्रवाह गरिरहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १९ औं सेवा केन्द्र संचालनमा ल्याएको हो । संस्थाले यहि कार्तिक ५ गतेका दिन एक कार्यक्रमका बिच नयाँ सुविधायुक्त कार्यालय सहित आरु∙खोला सेवा केन्द्रको बैद्धिक पुजाआजा तथा सेवा शुभारम्भ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको शुभारम्भ गदै संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले विकु नेपालको सर्बाेत्कृट बचत तथा ऋण सहकारी रहेको बताउदै निति, विधि र प्रविधि नै विकुको सफलता भएको बताउनु भयो। नवलपुर जिल्लाको सबै स्थानिय स्तरमा उत्कृष्ट वित्तिय सेवा पु¥याउने उद्येश्यले संस्थाले कायक्षेत्र बिस्तार गरेको बतादै सहकारीले नवलपुरको सबै स्थानिय तहका सबै क्षेत्रमा सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

सहकारी भावनाले सम्पुर्ण आरु∙खोला बासीलाई संस्थामा आवद्ध गरि सर्वशुलभ वित्तिय तथा गैरवित्तिय कार्यक्रम मार्फत सदस्यहरुको जिवनस्तर वृद्धि ,वित्तिय साक्षरता, प्रविधि साक्षरता ,व्यावसायिकता विकास, उद्यमशिलता विकास र निरन्तर सामाजिक उत्तरदायित्व बहन गर्ने मुख्य उद्येश्यले सेवा बिस्तार गरेको जानकारी गराउनुभयो ।

संस्था राष्ट्रिय सहकारी अभियानमा सिकाइको पाठशाला तथा अन्तराष्ट्रिय सहकारीका लागि उदाहरणीय नमुना रहेको बताउनु भयो।
शुभकामना मन्तव्य व्यक्त गर्दै बर्तमान संचालक, पुर्व अध्यक्ष एवं नेफस्कुनका पुर्व संचालक इन्द्रराज ज्योति पौडेल ले विकूको लक्ष्य भनेको सदस्यहरुलाई गरिबमुक्त बनाउने र निम्न वर्ग, मध्यम वर्ग र सम्पन्न वर्ग सबैमा पुग्ने एकमात्र सहकारी भएको बताउदै आगामि दश वर्षमा सबै सदस्यहरुलाई समृद्ध बनाउनको लागि सदस्य समृद्धिको आधार बनाउन विकुले पुर्वाधार अभियान सरुवात गरेको बताउनुभयो। कोहि कसै सँग प्रतिस्पर्धा नभई सेवा प्रवाहको भावनाले आरु∙खोला सेवा केन्द्र शुभारम्भ गरिएको बताउदै समृद्धिको अभियानमा सहभागी हुुदै उच्च प्रविधियुक्त वित्तिय तथा गैरवित्तिय सेवा प्रयोग गरि सहयोग गरिदिनुहुन सम्पुर्ण आरु∙खोला बासीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै मध्यविन्दु उद्योग वाणिज्य महासंघ महासचिव चेतन पौडेलले विकू सहकारी उत्कृष्ट सक्षम र सबल सहकारी रहेको बताउदैे ,यस क्षेत्रको विकासमा विकूको महत्वपुर्ण योगदान रहने बताउनु भयो। सबै बर्गलाई समेट्ने सहकारी भएको बताउदै यो कोभिड –१९ को महामारीका बिच पनि यस क्षेत्रमा सेवा विस्तारको गरेको भन्दै धन्यवाद दिनुभयो । साथै संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै मध्यविन्दु उद्योग वाणिज्य महासंघको तर्फबाट सधै सहयोग रहने प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा आरु∙खोला सेवाको नवगठित सेवा केन्द्र व्यवस्थापन उप–समितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम पनि सम्पन्न गरिएको छ । जस अन्र्तगत संयोजकमा अर्जुन कुमार श्रेष्ठ, उप– संयोजकमा भागीरथ काफ्ले र सदस्यहरुमा क्याप्टेन टोल बहादुर राना ,तिल बहादुर झेडी, मोहन भुसाल, कमला आले र प्रकाश ढकाल रहनुभएको छ । सोही अवसरमा बोल्दै सेवा केन्द्र व्यवस्थापन उप–समितिका संयोजक अर्जुन कुमार श्रेष्ठले विकू निति विधि र प्रविधिमा आधरित उत्कृष्ट संस्था रहेको बताउदै ,संस्थाका निति तथा कार्यक्रमहरुलाई पुर्ण कार्यान्वयनको लागि आफू लगायत सबै पदाधिकारी लागिपर्ने प्रत्तिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष यमुनाथ आचार्यले गर्नुभएको थियो भने सहजीकरण सचिव प्रेम प्रसाद सापकोटा (राजु ले गर्नुभएको हो । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, स्थानिय सामाजिक व्यक्तित्वहरु ,शेयर सदस्यहरु, स्थानिय व्यावसायीहरु ,पुर्व अध्यक्ष ,संचालक समिति, लेखा सुपरिवेक्षण समिति ,विभिन्न सेवाकेन्द्रका संयोजक ,प्रमुख अधिकृत, लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।
कार्यक्रममा कोरोना भाइरस संक्रमण कोभिड–१९ को प्रकोपलाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाईएको थियो ।

Share.

Leave A Reply