दियालो परिवार नारायणगढको पद हस्तान्तरण सम्पन्न

0

गैंडाकोट, कार्तिक ६ । दियालो परिवार, नारायणगढले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । साथै विजयादशमी, शुभ दिपावली, नेपाल सम्बत् र छठ पर्वको अवसरमा कोभिड १९ को सम्पूर्ण सुरक्षाका उपायहरु अपनाई शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

गत असोज १३ गते सम्पन्न संस्थाको ३२ औं अधिवेशन तथा ४३ औं बार्षिक साधारण सभाबाट निर्वाचित कार्यसिमितिलाई आज पद हस्तान्तरण गरिएको हो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रसिक प्रधानले नवनिर्वाचित अध्यक्ष ईञ्जिनियर सुरेश खनाललाई मान्युट हस्तान्तरण गरी औपचारिक रुपमा पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष रसिक प्रधान, संस्थाका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकार,साधारण सदस्य तुलसीप्रसाद श्रेष्ठ, कार्यसमितिका सदस्य निर्मला अर्याल, सल्लाहकार निर्मला पिया, युथ क्लबका अध्यक्ष रामबाबु श्रेष्ठ मन्तव्य राख्नुभएको थियो ।

प्रमुख अतिथि वडा अध्यक्ष जयराम श्रेष्ठले ४० वर्षभन्दा अघिदेखि चितवन जिल्ला लगायत बाहिरी जिल्लामा समेत आफ्नो साख राख्न सफल दियालो परिवार पहिलेदेखि नै नगरपालिकासँग हातेमालो गर्दै अगाडी बढेको र आगामी दिनमा पनि त्यसरी नै सहयोग भईरहने जानकारी गराउनुभयो ।

संस्थाका सचिव ईश्वरराज पण्डितले स्वागत गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ईञ्जिनियर सुरेश खनालले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं १ का वडा अध्यक्ष जयराम श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा स्थानिय गैह्र सरकारी संस्था युथ क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply