चितवनमा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

0

चितवन,कार्तिक ५ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका ४० वर्षीय कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडानम्वर १३ निवासी पुरुषको आज दिउसो मृत्यु भएको हो ।

असोज २३ गते अस्पताल भर्ना भएका पुरुषमा सोही दिन कोभिड १९ पुष्टी भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।

क्यान्सर रोगको संक्रमण समेत रहेको उनलाई कोभिड आइसीयु कक्षमा भेन्टिलेटरमा राखि उपचार भइरहदा दिउसो ४ बजेर २८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक लम्सालले बताउनुभयो । यो सहित यस अस्पतालमा मात्रै मृत्यु हुने कोरोना संक्रमितको कुल सख्या ३१ पुगेको छ ।

 

कोरोना संक्रमितको उपचार निःशुल्क हुन्छ ः गण्डकी प्रदेश सरकार

Share.

Leave A Reply