घर नै पाठशाला हो भन्ने बुझ्नुपर्दछ : शिक्षाका जानकार

0

गैैँडाकोट, कार्तिक ४ । शिक्षाका जानकारहरुले घर नै पाठशाला हो भन्ने वुझ्न जरुरी रहेकामा जोड दिनुभएको छ । अहिले कोभिड १९ को विषम परिस्थितीमा यसको महत्व झन् वढेर गएको बताउँदै वालवालिकालाई पढाइबाट बन्चित हुन नदिन घरमा शिक्षा सिकाउन आवश्यक रहेको उहाँहरुको भनाई छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरको आयोजनामा व्यावहारिक सीप तथा सास्कृतिक ज्ञान आर्जनमा हाम्रो भूमिका बिषयक भर्चुअल संवाद कार्यक्रमको १२ औं श्रृङ्खलामा बोल्दै शिक्षा मन्त्रालय अन्र्तगत पूर्व उप सचिव गोपाल भण्डारीले कोरोना भाइरसको महामारीका कारण विगत सात महिना देखि बालबालिकाको पढाइ ठप्प रहेको र उनीहरुलाई घरमा दिन सकिने व्यावहारिक ज्ञानका बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमका अर्का बक्ता नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगत कालिका संस्कृत विद्यापिठका सह प्राध्यापक डा.मति प्रसाद ढकालले बालबालिकालाई हामीले मनाउने साँस्कृतिक पर्वहरुका बारेमा अभिभावकहरुले पर्वहरुका बारेमा घरमा सिकाउनुपर्ने ,उनीहरुलाई हाम्रो संस्कार र संस्कृतिका बारेमा जानकारी गराउँदै पर्वहरु मनाउँदा प्रत्यक्ष सहभागि गराउनुपर्ने कुरामा जोड दिनुभयो ।

वेद र पुराणले संस्कार र संस्कृतिका बारेमा ज्ञान दिनेहुँदा बालबालिकाहरुलाई वेद पुराणको सन्देशका बारेमा जानकारी गराउनुपर्ने कुरामा जोड दिनुभयो । भर्चुवल संवाद कार्यक्रम शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुर शाखा अध्यक्ष लक्ष्मी गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा शिक्षा सम्वद्ध सरोकारवालाहरु शिक्षक ,अभिभावक,विद्यार्थी तथा शैक्षिक अभियानका अभियन्ताहरुको सहभागिता रहेको थियो । शिक्षाका लागि राष्ट्रिय अभियानले शिक्षा क्षेत्रमा गुणस्तरीयता ,समावेशिता,पारदर्शिता एवं सवैको पहुँच सुनिश्चित गर्नका लागि क्रियाशिल शिक्षाका लागि राष्ट्रिय अभियानले शैक्षिक क्षेत्रको सुद्धिढिकरणका लागि वकालत ,पैरवी तथा सहकार्य र समन्वय गर्दै आएको छ । कार्यक्रम विजय एफएमबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

Share.

Leave A Reply