नेपाल लघुवित्त बैंकर्स संघमा कार्यसमिति हेरफेर

0

गैंडाकोट, कार्तिक ३ । रिक्त पद पुर्ति र कार्यसमिति हेरफेर गर्दै नेपाल लघुवित्त बैंकर्स संघको चौधौं साधारण सभा सम्पन्न भएको छ ।
जुम प्रविधि मार्फत भएको साधारण सभामा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संघले लघुवित्त क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्दै नीतिगत वकालत, क्षमता अभिवृद्घि, अनुसन्धान तथा ज्ञान व्यवस्थापनको क्षेत्रमा गरेका कार्यहरुको सह्राना गर्नुभयो । संघले लघुवित्त क्षेत्रमा देखिएका विकृितहरु रोक्न पहल गर्नुपर्ने र लघुवित्त संस्थाहरुले आफ्नो उद्देश्य हासिल गर्ने क्रममा आफ्ना ग्राहकहरुलाई समस्या नहोस् भन्ने तर्फ पनि सोच्नु पर्ने बताउनुभयो ।
संघका अध्यक्ष वसन्तराज लम्सालले नेपाल लघुवित्त बैंकर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदै आएको बताउँदै ८३ वटा मध्ये ५७ वटा लघुिवत्त संस्थाहरु यसका सदस्य रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय देवकुमार ढकाल, डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल लघुवित्त संघका अध्यक्ष जगतबहादुर पोखरेल, नेपाल लघुवित्त र्बैकर्स संघका पूर्व अध्यक्ष रामचन्द्र जोशीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वन्द सत्रले आ.व. २०७६÷७७ को वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन र २०७७÷७८ को वार्षिक कार्यक्रम तथा बजेट छलफल सहित पारित गरेको छ । साथै संघको कार्य समितिमा रिक्त रहन गएका पदहरु पुर्ति गर्न कार्यसमितिमा हेरफेर गरी उपाध्यक्षमा रामहरी दाहाल (मेरो माईक्रो फाइनान्स लघुवित्त), कोषाध्यक्षमा भोजराज बस्याल (स्वाबलम्बन लघुवित्त) तथा नयाँ सदस्यहरुमा प्रेमबहादुर पाठक (उन्नति सहकार्य लघुवित्त), डा. मदन घिमिरे (समता लघुवित्त) र अच्युत सापकोटा (गणपति लघुवित्त) लाई नियुक्त गरिएको छ ।

Share.

Leave A Reply