रजिष्ट्रेशनको नाउँमा शुल्क नलिन विद्यालयहरुलाई निर्देशन, उजुरी गर्न अभिभावकलाई आग्रह

0

डोलराज रानाभाट, असोज १३ । गैंडाकोट सहित नवलपुर जिल्लाका निजी तथा सामुदायिक विद्यालयलहरुले विद्यार्थी अभिलेखिकरणको नाउँमा शुल्क उठाएपछि शिक्षा विकास तथा समन्वय इकाई नवलपुले शुल्क नलिन निर्देशन दिएको छ ।
इकाइ प्रमुख कृष्णचन्द्र पोखरेलले निर्देशन पत्र जारी गर्दै सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार निशुल्क विद्यार्थी अभिलेखिकरण गर्न भनेको तर विद्यालयहरुले विद्यार्थी रजिष्टे«न भन्दै धमाधम शुल्क उठाउन थालेपछि निर्देशन दिइएको हो । बैकल्पिक सिकाई अवलम्न गर्दा मात्रै सम्वन्धित निकायको लिखित स्वीकृति अनुसार मात्र तोके बमोजिमको शुल्क लिन पाउने भएपनि धेरै विद्यालयहरुले अभिलेखिकरण अर्थात रजिष्ट्रेन शुल्क भन्दै अभिभावकसँग रकम लिइरहेका छन् ।
त्यस्तै एक विद्यालयबाट अर्को विद्यालयमा जान खोज्ने विद्यार्थीसँग पनि वढि शुल्क लिने गरेको गुनासो पछि इकाईले विद्यार्थीले मागेको खण्डमा सहजै मार्कसिट,ग्रेडसिट वा स्थानान्तरण प्रमाण पत्र दिन निर्देशन दिइएको छ । त्यसरी दिइने प्रमाणपत्रको शुल्क मासिक पढाई शुल्कको ५० प्रतिशत भन्दा वढि लिन नपाइने र सोही परीक्षा शुल्कले नै स्थानान्तरण प्रमाण पत्र छापाई गर्र्नुपर्ने र सामुदायिक विद्यालयहरुले कुनै पनि शुल्क लिन नपाउने कानुनी व्यवस्था भएकाले कुनै पनि शुल्क नउठाउन निर्देशन दिइएको छ । यदि त्यसरी रकम असुल गरे अभिभावक तथा विद्यार्थीहरुलाई सन्वन्धित निकायमा उजुरी गर्न पनि आग्रह गरिएको छ । कानुन वमोजिम कारवाही हुने भएको छ ।
यता गैंडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख वालकृष्ण चापागाइले पनि अन्य विद्यालयबाट आएका नयाँ विद्यार्र्थीसँग न्यूनतम शुल्क लिन व्यवहारिक भएपनि कक्षा चढेका विद्यार्थीबाट कुनै पनि शुल्क नलिन आग्रह गर्नुभएको छ । तर गैंडाकोटका विद्यालयहरुले कक्षा चढेका विद्यार्थीसँग पनि रजिष्ट्रेशन शुल्क माग गरेको र अभिभावकसँग लिएको गुनासो छ । विजय एफएमसँग कुराकानी गर्दै चापागाईले भने शुल्क लिने नलिनेबारे कार्यदल रहेको र कार्यदलले निर्णय गरेपछि मात्रै बल्ला सो कार्य गर्न अन्यथा नियम विपरित नजान विद्यालयहरुलाई भन्नुभएको हो । कार्यदलल गृहकार्यमै रहेको उहाँले बताउनुभयो ।

 

Share.

Leave A Reply