विकूले दियो ९ प्रतिशतमा कर्जा

0

गैँडाकोट, ८ असोज । विकू बचत तथा ऋण सहकारी संस्थाले बार्षिक ९ प्रतिशत ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउने भएको छ । संस्थाले कृषि व्यवसायको आधार, विकूले बनाउने छ साकार भन्ने नाराका साथ कृषि कर्जा सार्वजनिक गरेको छ । नयाँ ब्याजदर अनुसार अब सदस्यहरुले बार्षिक ९ प्रतिशत ब्याजदरमा कृषि कर्जा पाउने छन् । कोभिड १९ को महामारिले अर्थतन्त्रमा असर परिरहेको छ । कृषि क्षेत्रको लगानीले समृद्धि र खुसी परिवार चाहना पूरा गर्न सकिने संस्थाले जनाएको छ ।

हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ अघि बढेको विकूले सदस्यमैत्री सेवा, सेवाग्राहीको हित, साथमा सरल र सहज ढंगले उत्पादनशील क्षेत्रमा लगानी गर्दै आधुनिक तथा प्रविधियुक्त वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
विकूले कृषि क्षेत्रको प्रवर्धन, वित्तीय साक्षरता, प्रविधि साक्षरता र स्वास्थ्य साक्षरतालाई जोड दिदैं आएको छ । विकूमा हाल ८० हजार सदस्य रहेका छन् ।

५० पैसाबाट ६ अर्व र २६ जनाबाट ८० हजार शेयर सदस्य रहेको विकूले नवलपुर क्षेत्रको गरिबी निवारणमा भूमिका खेलिरहेको छ ।

विकू राष्ट्रिय सहकारी अभियानमा सिकाइको पाठशाला तथा अन्तर्राष्ट्रिय सहकारीका लागि उदाहरणीय नमुना बन्दै गएको छ ।

२०४८ साल भाद्र ५ गते दैनिक ५० पैसा संकलन गर्ने अभियानका साथ विकूको स्थापना भएको थियो ।

Share.

Leave A Reply