गैँडाकोट

0


धनराज गिरी
गैँडाकोट विशाल भो विजयको बाजा बज्यो प्रातमा
मोतीको घर हो सफा नगर हो पूजा हुने रातमा
मौलाको कविता रचेर अहिले आमा भनेँ कालिका
देवी हौ जननी भजे मनुजले हे विश्वसञ्चालिका

बाबा भक्त थिए समाज उहिले सानो थियो सत्रको
भो आकार नयाँ खुसी लहर भो साम्राज्य भो छत्रको
तारा चार थिए पुगे गगनमा सातो गयो वृक्षको
पालो त्यो रुखको पुग्यो बगरमा के के भयो भन्छ को ?

शिक्षामा अघि हो कला गजलमा साहित्यमा भीम हो
गोपीको रचना गणेश नगरी यो पूर्व–पश्चिम हो
अग्ला शैल समान एक अगुवा आचार्य तारा उनी
हो गोविन्द प्रभा विशिष्ट कविजी “आभा” विनोदी गुनी

मेरो माइत हो सखा सकलको प्राचार्यमा डाकिएँ
पाएँ मान अनेक प्रीत सबको धेरै विवेकी थिएँ
गैँडाकोट भनेर चिन्छ भवले काली तरेका बढी
चौतारी गतिलो विकास नगरी कर्मी बनेका पढी

प्यारा सूर्य थिए धनी तिलकजी हुन् सापकोटा कडा
बाजे बाहुनको कथा कहरको जान्ने विनोदी खडा
धेरै काम भयो सुनाम पनि भो साक्षी छ नारायणी
साथी घाम भयो शशी अब बसी संस्कार पायौँ धनी ।

Share.

Leave A Reply