गैंडाकोटका १ जनामा आज कोरोना सङ्क्रमण पुष्टि

0


प्रेम क्षेत्री,
असोज ४, गैंडाकोट । गैंडाकोटका १ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

क्यान्सर अस्पताल भरतपुरमा गरिएको परिक्षणमा गैंडाकोट १ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गैंडाकोट स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । उहाँ क्यान्सरको विरामी समेत रहेको पौडेलले जानकारी दिनुभयो ।

यो सँगै गैँडाकोटमा कोरोना सक्रिय सङ्क्रमित ६८ जना रहेका छन् । गैँडाकोटमा कुल संक्रमितको संख्या १६७ पुगेको छ ।

९७ जना उपचारपछि घर फर्किएका छन् । ६८ जना सक्रिय सङ्क्रमित विभिन्न स्थानका आईसोलेसनमा रहेको स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार होम आईसोलेसनमा २८ जना, पितौजीमा रहेको संस्थागत आईसोलेसनमा ४ जना, चितवनमा १० जना र बाँकी २६ जना रजहरमा रहेको आईसोलेसनमा रहेका छन् ।

स्थानीय सङ्क्रमित सङ्ख्या १०५ रहेको छ । हालसम्म मात्र १ हजार ६ सय ८१ जनाको पिसिआर विधिबाट कोभिड १९ परिक्षण गरिएको छ । अहिले पनि ९ जना सामुदायिक र ९ जना होम क्वारेन्टाइन गरि १८ जना क्वारेन्टाइनमा रहेका छन् ।

गैँडाकोटमा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply