चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

0


असोज ४, भरतपुर । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कालिका नगरपालिका–५ का ५५ बर्षीय पुरुषको आइतबार मृत्यु भएको हो । श्वासप्रश्वास र निमोनियाका कारण भदौ २६ गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनमा हिजो शनिबार मात्रै कोरोना पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा उपचार गर्दागर्दै शनिबार बिहान ११ः४४ बजे मृत्यु भएको मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनुभयो । उनि उच्च रक्तचापको विरामी समेत रहेको उहाँले जानकारी दिनुभयो ।
यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

Share.

Leave A Reply