एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण, आठ सय ७१ जना निको भएर फर्किए

0


असोज २ , गैंडाकोट
नेपालमा कोरोना भाइरसका सक्रंमितको संख्या ६१ हजार पाँच सय ९३ पुगेको छ । गएको २४ घण्टामा दुई हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा ११ हजार चार सय ५८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २० जनामा संक्रमण देखिएको हो । गएको २४ घण्टामा आठ सय ७१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४३ हजार आठ सय २० पुगेको छ ।
अब नेपालमा १७ हजार तीन सय ८३ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना संक्र्रमणबाट ज्यान गुमाउनेको संख््या तीन सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Share.

Leave A Reply