कावासोतीमा दुई स्वास्थ्यकर्मी सहित १५ जनामा संक्रमण पुष्टि, शिवमन्दिर स्वास्थ्य चौकी शिल

0


असोज २, कावासोती ।
कावासोतीमा शुक्रबार २ जना स्वास्थ्यकर्मी सहित १५ जनामा कोभिड १९ को संक्रमण देखिएको छ ।
कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाका अनुसार कावासोती ३ अठ्ठाइविगाहामा काम गर्ने कावासोती २ निवासी एक जना स्वास्थ्यकर्मी र हुप्सेकोटमा काम गर्ने कावासोती २ निवासी एक जना स्वास्थ्यकर्मी गरी दुई जनामा संक्रमण पुष्टि भएको छ ।
नागिलाका अनुसार शुक्रबार कावासोती २ का ९ जना, कावासोती ३ का ५ जना र कावासोती १४ को १ जना गरी कावासोतीमा १५ जनामा संक्रमण देखिएको हो ।
१५ जना मध्ये ३ जना भारतबाट आएकामा संक्रमणदेखिएको हो भने बाँकी १२ जना समुदायका हुन् ।

                           शिवमन्दिर स्वास्थ्य चौकी शिल
कावासोती ३ अठ्ठाइविगाहामा रहेको शिवमन्दिर स्वास्थ्य चौकीमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकी शिल गरिएको छ ।
नागिलाले स्वास्थ्य चौकीमा कार्यरत सम्पूर्णकर्मचारी तथा स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरि अर्को रिपोर्ट नआउँदासम्मका लागि स्वास्थ्यचौकी शिल गरिएको हो ।
रिपोर्ट आएपछि पोजेटिभ देखिएकाहरु आइसोलेशनमा बस्ने र नेगेटिभ देखिएकाहरुले स्वास्थ्य चौकी सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply