नवलपुरमा शुक्रबार ५६ जना निको भएर घर फर्किए

0


असोज २, गैंडाकोट
नवलपुरमा शुक्रबार कोभिड १९ का ५६ जना संक्रमित निको भएर घर फर्किएका छन् । रजहर प्राकृतिक चिकित्सालयमा उपचाररतमध्ये ५६ जना निको भएपछि शुक्रबार विदाई गरिएको अस्पतालले जनाएको छ ।
शुक्रबार कावासोतीका ९ जना, विनयी त्रिवेणीका १३ जना, गैडाकोटका १६ जना, मध्यविन्दुका ३ जना, देवचुलीका १४ जना र झापाका १ जना गरी ५६ जना संक्रमित निको भएर घर फकिएको अस्पतालका निर्देशक डा. विनोद पौडेलले बताउनुभयो ।
निको भएर डिस्चार्ज हुनेमा २ बर्षका बच्चादेखि ७६ बर्षका जेष्ठनागरिक समेत रहेका छन् ।

Share.

Leave A Reply