लायन्स क्लव अफ बागेश्वरी गैंडाकोट सिटीद्वारा स्थापना दिवसको अवसरमा बृद्धाश्रममा खाना

0


भदौं ३१, गैंडाकोट
लायन्स क्लव अफ बागेश्वरी गैंडाकोट सिटीले स्थापना दिवसको अवसरमा बृद्धाश्रममा खाना खुवाएको छ ।

आफ्नो स्थापना दिबस आज देबघाट समाज कल्याण केन्द्र वृद्ध आश्रम, देबघाट ५ तनहुँमा आश्रित ३० जन वृद्ध वृद्धा लाई खाना खुवाएर मनाएको क्लवका अध्यक्ष भानु रिमालले जानकारी दिनुभएको छ । उहाँले सधैं भरी यसरी नै मानवीय सेवा गर्न ,वृद्ध बुवा आमाको पाएकोमा आशीर्वाद लागिरहोस भन्दै यो सेवाको यात्रा निरन्तर चलिरहने समेत बताउनुभयो ।
विभिन्न सामाजिक कार्यहरू गर्दै आएको क्लब सन २०१३ मा लायन नबराज कंडेलको सकृयता मा स्थापना भएको क्लबले आज सातौ स्थापना दिबस मनाएको हो । प्रमुख अतिथी रिजन चियर पर्सन तथा सस्थापक अध्यक्ष लायन नबराज कंडेल, जोन चियर पर्सन , पुर्ब अध्यक्ष लायन मेघराज कंडेल , निबर्तमान अध्यक्ष लायन दुर्गा चालिसे, पुर्ब अध्यक्ष नवीन अधिकारी, उपाध्यक्ष रमेश काफ्ले, कोषाध्यक्ष दया सापकोटाले सहजीकरण गर्नु भएको थियो । सदस्य फनप्रसाद आचार्य , आश्रमका ब्यबस्थापक देबु अधिकारीको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply