नवलपुरमा कोरोना सक्रिय सङ्क्रमित २ सय ६४, चार सय सङ्क्रमणमुक्त

0


प्रेम क्षेत्री
भदौ २७, गैंडाकोट । पूर्वी नवलपरासीमा शनिबार साँझ सम्म सङ्क्रमितको संख्या ६ सय ६७ पुगेको छ ।

शनिबार एकै दिन ५० जना नयाँ संक्रमित थपिएका हुन् । नवलपुरमा शनिबार थपिएका नयाँ ५० जना सँगै कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ६४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । जिल्लामा अहिलेसम्म ४ सय जना निको भएर घर फर्किएका छन् भने ३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको तथ्याङ्क रहेको छ ।

शनिबार देवचुली नगरपालिकामा देवचुलीमा नगरपालिकाका ६ जना कर्मचारी सहित एकै दिन ३४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै गैंडाकोट नगरपालिकामा ६ जना, हुप्सेकोट गाउँपालिकामा १ जना, मध्यविन्दु नगरपालिकामा १ जना र विनयी त्रिवेणी गाउँपालिकामा ८ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

यो सँगै नवलपुरमा अहिलेसम्म संक्रमितको संख्या ६ सय ६७ पुगेको छ ।

Share.

Leave A Reply