गजल
अभावयुक्त जिन्दगी जिएर त हेर
धुजैधुजा फाटेको मन सिएर त हेर
ठूलै अन्तर हुनेखाने हुँदाखाने बीच
भोको पेट ना∙ो आङ लिएर त हेर
घोचिरहन्छ समय छलिरहन्छ नियति
नुनिला ती आँसुका ढिका पिएर त हेर
न सपना महलको छ न लालसा धनको
छाकै टार्न भनी स्वयम् खिएर त हेर
हलै गर्न हम्मे सधैँ जटिल एउटै प्रश्न
जिन्दगीको यो परीक्षा दिएर त हेर ।
मुना धनञ्जय
गैँडाकोट–१, नवलपुर