युवाहरु सक्रिय भई सूचनाको हक प्रयोग गरे थप पारदर्शीता आउने

0

गैंडाकोट , २३ साउन । युबा बर्गलाई सामाजिक उत्तरदायित्व बनाउदै शुसासन कायम गर्न फ्रिडम फोरमको आयोजना, नगरयुवा सञ्जाल र रोट्र्याक कल्ब अफ गैडाकोटको सह आयोजनामा युबा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जुम नामको प्रबिधि गरिएको कार्यक्रममा फ्रिडम फोरमका नीति सल्लाहाकार कृष्ण सपाकोटा र अधिकृत नानु खड्काले सूचनाको हक सम्वन्धी कानुन र यसको प्रयोगवारे जानकारी दिनुभएको थियो ।
सुचनाको हकको प्रयोग हरेक नागरिकले गर्नुपर्ने र युवा बर्गले अझ वढि खोज र चासो राख्नुपर्ने बताउँदै त्यसो गरिए सरकारी निकाय देखि सार्वजनिक सस्थाहरु थप सेचत हुँदै पारदर्शीता देखिने बताउनु भयो । फ्रिडम फोरमले मानब अधिकार , प्रेस स्वतन्त्रता समावेशी लोकतन्त्र र नागरिक दायित्व अझै प्रभाबकारि बनाउन एन्ड्रोइड एप ल्याएको जानकारी दिँदै यसलाई डाउनलोड सहित प्रयोगमा ल्याउन आग्रह गरिएको थियो ।
कार्यक्रममा नगर युवा सञ्जालका अध्यक्ष श्याम बन , रोट्र्याक क्लब अफ गैडाकोटका उपाध्यक्ष सन्देश पराजुली लगायत ४० जना युबाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण बिराट सापकोटाले गर्नु भएको थियो ।

Share.

Leave A Reply