
gaindakot 1 ward office
गैंडाकोट , १ साउन । होम क्वारेण्टीनमा बस्दा न्युनतम मापदण्ड पनि पुरा नगर्ने गरेको र सावधानी नअपनाउँदा कोभिड १९ समुदायमा फैलिने सम्भावना प्रवल रहेको हुँदा वाड नं. १ क्षेत्र भित्र होम क्वारेण्टीनमा बस्न बन्द गरिएको गैंडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिका वडा नं. १ भित्रका ९ जना वडाबासीमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये २ जना निको भइसकेका छन् । बाँकी उपचाररत रहेका छन् । कोभिड पुष्टि भएका परिवारका सदस्यहरुले समेत घरमै सुरक्षित रुपमा बसी जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।