नवलपुरमा वर्खाको समय सरुवा रोगहरु सर्नेभन्दै सचेत रहन आग्रह (कुराकानी सहित)

0

 ३१ असार । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले वर्खा समय भएकाले सरुवा रोगहरु फैलन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । अहिले मलेरिया, झाडापखाला, स्क्रवटाइफस, सर्पदश आदिको समस्या हुने भन्दै शुद्ध पानी प्रयोग गर्न सुझाव दिनुभएको छ । कोरोना कै महामारीमा पनि यी खालका रोगहरु लाग्ने भन्दै आफ्ना घर वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन साथै वासी खाना प्रयोग नगर्न सुझाव दिनुभएको छ ।

वर्षाको समय पानीको मुहनामा दुषित भलपानी पस्ने भएकाले उमालेर मात्रै पानी प्रयोग गर्न चापागाईको सुुझाव छ । सीमित स्रोत र साधनले जिल्लाका सवै पानीको मुहान परीक्षण गर्ने क्षमता नभएपनि यदि दुषित पानीबाट लाग्ने रोग भएमा तुरुन्तै परीक्षण गरेर त्यसको समाधान गर्नेमा आफूहरु तयार रहेको बताउनुभयो ।

कोभिड १९ र लकडाउनले यो आर्थिक वर्षका केही कार्यक्रम गर्न नपाएपनि आगामी अािर्थक वर्षबाट जनचेतना सहितका नियमति कार्यक्रम गर्ने योजनामा रहेको बताउनुभयो । साथै अहिले विनयी त्रिवेणी, वौदीकालिमा पनि सर्पदशको उपचार सेन्टर रहेको भन्दै यसको व्यवस्थापनमा थप काम गर्ने बताउनुभयो ।

Live Stream

वाढी पहिरोसँगै फैलन सक्ने सरुवा रोगहरु के के हुन् ? कसरी बच्ने?स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईVijaya FM 101.6 MHzGaindakot-8,Nawalparasi, NepalTel: 078 – 501403/04/06/07Web: http://vijayafm.org.npEmail: info.vijayafm@gmail.com

Posted by 101.6 Vijaya FM on Tuesday, July 14, 2020

कोरोनाकै महामारीमा पनि सवै स्वास्थ्य कार्यालयबाट सेवा प्रवाह भइरहेको भन्दै सरकारले उपलब्ध गराउने निशुल्क औषधिको अभाव नरहेको बताउनुभयो । साथै कोभिड १९ का विरामीहरु निको हुने दर वढ्दो रहेको भन्दै समुदायमा कोरोना संक्रमण नरहेको बताउनुभयो । अहिले साउदी,कतार, मलेसीया, दुवई लगायतका देशबाट आउनेहरुमा संक्रमण देखिएको भन्दै उहाँले लक्षण देखिने गरी कोरोना संक्रमण नरहेको जानकारी दिनुभयो ।

Share.

Leave A Reply