जंगली बदेलको आक्रमणमा परि गैंडाकोटका ३ जना घाइते

0

प्रतिकात्मक

३१ असार । जंगली बदेलको आक्रमणमा परी गैंडाकोट नगरपालिका वडानम्वर ११ र १२ का तीन जना व्यक्ति घाइते भएका छन् ।

घाइते हुनेहरुमा गैडाकोट १२ बस्ने बर्ष ३७ का राजु बस्नेत, गैंडाकोट ११ बस्ने बर्ष ३० का पूर्ण बहादुर श्रेष्ठ, सोही ठाउँका १७ वर्षकी सृजना परियार घाइते हुनुभएको हो । बस्नेतको दुबै हातमा चोट लागेको र अबस्था मध्यम रहेको छ ।

श्रेष्ठको दुबै खुट्टामा चोट अबस्था मध्यम र परियारको बाया हात र ढाडमा चोट लागेको र मध्यम अवस्थामा उपचार भइरहेको छ। हिजो मंगलवार विहान ११ बजे गैडाकोट १२ सिख्रौली स्थित नारायणी नदिको किनारमा रहेको खेतको पानी कटाउने क्रममा बदेलले आक्रमण गरेको थियो ।

आक्रमण पश्चात उनीहरुलाई उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुरमा पठाइएको र अहिले उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक मोहन वहादुर खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply