नवलपुरका ११ सहित भरतपुरको कोभिड १९ प्रयोगशालामा १९ जनामा संक्रमण पुष्टी

0

डोलराज रानाभाट,३१ असार । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा १९ जनाको स्वावमा कोरोना देखिएको छ । कोभिड १९ परीक्षण प्रयोगशाला प्रमुख डा नीतु अधिकारीका अनुसार असार ३० गते परीक्षण गरिएका ३०८ नमुना मध्य १९ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको हो ।

जसमा नवलपुर जिल्लाको बुलिङटार गाउँपालिकामा ९ जना रहेका छन् । बुलिङटार गाउँपालिका वडानम्वर ३ र ४ का १९, ३०,३०,२५,२४,२४,३४,२७ गरी ८ पुरुष र ३२ वर्षीय एक महिलामा संक्रमण देखिएको हो भने कावासोती ५, ८ का २६, ४८ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईका अनुसार कावासोतीबाट ९१ नमुना संकलन गरि परीक्षण गर्न पठाइएको थियो त्यसमध्य ८९ जनाको नेगेटिभ आएको छ ।

बुलिङटार गाउँपालिकाबाट २३ जनाको स्वाव पठाइएको मध्ये १४ जनाको नेगेटिभ आएको हो । त्यस्तै चितवनको माडी नगरपालिकाका १, ७ र ८ नम्वर वडाका ३२,३५,१९,२२,२४,२८,३६,३६ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । उहाँहरु सवै क्वारेनटिनमा रहनुभएको छ । आज नवलपुर जिल्लामा थपिएका ११ सहित जिल्लामा कुल कोरोना संक्रमितको सख्या २७७ पुगेको छ । हालसम्म १५७ जना निको भई घर फर्किएका छन् ।

Share.

Leave A Reply