कोरोनाको संकटमा नागरिक संस्थाको भूमिका अहम्

0


प्रेम क्षेत्री
असार २७, गैंडाकोट । विजय विकास स्रोत केन्द्रले शनिबार ४२ औं स्थापना दिवस मनाएको छ ।
दिवसको अवसरमा शनिबार ‘कोरोनाको संकटमा नागरिक संस्थाको भूमिका’ विषयक संवाद् कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख वक्ता विश्लेषक हरि शर्माले लोकतन्त्र मजबुत भएमा मात्र समाज स्वस्थ बन्ने बताउनुभयो । दुःखी समाजमा शासन गर्न सजिलो हुने भएकाले सरकार सो तर्फ उन्मुख रहेकाले सरकारी व्यवहार सच्याउन जरुरी रहेको उहाँको तर्क थियो । सरकारले लकडाउन लागु गरेपनि जनतालाई सहज हुने तवरबाट काम गर्न नसकेको आरोप उहाँको थियो ।


विजय विकास स्रोत केन्द्रका पूर्व अध्यक्ष खेमराज सापकोटाले सामाजिक संघ संस्था र नागरिकको भूमिकाका विषयमा सरकारले उपेक्षा गरेको र नागरिक समाजले पनि आफ्नो तवरबाट गर्न सक्ने र गर्नुपर्ने तयारी नगरेको पाईएको बताउनुभयो । नागरिकमा चेतनाको स्तर अझै कम रहेको र व्यवहार सच्याउन जरुरी रहेको बताउँदै वर्तमान अवस्थामा सरकारलाई कसरी झक्झकाउने र नागरिकाको भूमिकाका विषयमा जिज्ञाशा राख्नुभएको थियो ।


केन्द्रका श्रद्धेय सदस्य बाशुदेव न्यौपानेले गैंडाकोट एउटा सिकाईको थलो रहेकाले राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गर्न सक्ने भएकाले अबको बाटो त्यतातर्फ हुनुपर्ने बताउनुभयो ।
पूर्व अध्यक्ष वसन्तराज लम्सालले समाजको रुपान्तरण र परिवर्तनका लागि विजय परिवारका अबका कार्यक्रम केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा केन्द्रका सदस्य गोपीनाथ खरेल, मधुसुदन पाण्डे, त्रिलोचन सापकोटा, आरती सिग्देल, धर्म सापकोटा राजु, योगराज ढुङ्गाना, गोविन्द रिमाल, रामहरि शर्मा लगायतले जिज्ञाशा राख्नुभएको थियो ।


उहाँहरुको जिज्ञाशामा प्रमुख वक्ता विश्लेषक हरि शर्माले जवाफदेही भएन भने लोकतन्त्र मजबुत हुन नसक्ने उल्लेख गर्दै उहाँले प्रश्न गर्न छोड्यो भने लोकतन्त्र कमजोर हुने बताउनुभयो । सरकारले कडा नियम बनाउनु भन्दा पनि अनुशासित बनाउनु महत्त्वपूर्ण कुरा रहेको सो तर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । यसमा नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ ।
विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मि गौतमले केन्द्रले हालसम्म गरेका कामका विषयमा जानकारी गराउँदै केन्द्रलाई अझ सशक्त रुपमा अघि बढाउने बताउनुभयो । देश विदेशमा रहेका सदस्यहरुको राय सुझाव सल्लाह अनुरुप कार्यक्रम तय गर्ने उहाँले बताउनुभयो ।


केन्द्रका पूर्व अध्यक्ष एव् कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । उहाँले समुदायको आवश्यकता पुर्तीका लागि केन्द्रको जन्म भएको उल्लेख गर्दै देशका विभिन्न क्षेत्रमा सेवा पु¥याउँदै आएको बताउनुभयो ।
सो अवसरमा पदाधिकारी तथा सदस्यहरु, प्रवद्र्धकिय संस्थाका अध्यक्ष एवं सञ्चालक तथा विजय परिवारका सदस्यहरुले सहभागिता जनाएका थिए ।


दिवसका अवसरमा शुक्रबार गैंडाकोट २ नारायणी नदि किनार स्थित विजय युवा वृक्षारोपण क्षेत्रमा वृक्षारोपण गरेको थियो । सो स्थानमा केन्द्रले स्थापनाकालदेखी नै हरेक वर्ष वृक्षारोपण गर्दै आईरहेको छ ।
२०३६ सालमा निरंकुश शासन व्यवस्था विरुद्ध आफ्ना आवाज उठाउन संगठित हुने काम भएपनि विजय विकास स्रोत केन्द्र सामाजिक विकासमा क्रियाशिल रहेको छ । सामाजिक हित र स्वतन्त्रताका पक्षमा वकालत गर्दै अघि वढ्दै जाँदा सफल र उदाहरणिय संस्थाका रुपमा स्थापित हुन सफल भएको छ ।


संस्थाले विभिन्न संस्थागत चरणहरु पार गर्दै सर्वाड्डिण सामुदायिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । यो गैरनाफामूलक, गैर राजनैतिक, सदस्यतामा आधारित र स्वयंसेवी भावनाले अभिप्रेरित भएको नागरिक समाजको प्रतिनिधिमूलक संस्था हो । विजय विकास स्रोत केन्द्रले समतामूलक, समृद्ध र मर्यादित समाजको परिकल्पना गरेको छ ।
बार्षिक कार्यक्रम सञ्चालनका लागि संस्थाले आन्तरिक स्रोतका साथै साझेदारी परियोजनाको रूपमा बाह्य स्रोतहरु परिचालन गर्दै आएको छ । संस्थाका क्षेत्रगत विषयहरुमा सुशासन, वकालत, अभियान र पैरवी, बालबालिका, युवा तथा महिला सहभागिता, सुधारोन्मुख जीविकोपार्जन र तालिम, अनुसन्धान र प्रकाशन रहेका छन् ।

Share.

Leave A Reply