देवचुली १४ मा १३ वर्षीय वालकद्धारा झुण्डिएर आत्महत्या

0

तस्विर ः भिम

२५ असार । देवचुली नगरपालिका वडानम्वर १४ मा एक १३ वर्षीय वालकले हिजो झुण्डिर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

घरमा गृहकार्य गरिराख्दा अचानक के भएर झुण्डिन पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको इन्सपेक्टर विशाल तामाङले विजय एफएमलाई जानकारी दिनुभयो । जनज्योति नमुना मावि कक्षा ७ मा अध्ययन गर्ने कमल वलीले कोठाको ढोका माथिबाट लेभल पाइप प्रयोग गरी झुण्डिएको तामाङको भनाई छ ।

 

वुवा वैदेशीक रोजगारीमा रहनुभएको र पढ्न पनि राम्रो, घरमा पनि अनुशासीत बालकले किन आत्महत्या गरे भन्ने वारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । शव अहिले दुम्कौली प्राथमिक केन्द्रमा रहेको र पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

Share.

Leave A Reply