गैंडाकोटमा २ जनामा कोभिड १९ संक्रमण

0


असार २४, गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लाको गैंडाकोट नगरपालिकामा आज २ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

सोमबार संकलन गरिएका स्वाब मध्ये गैंडाकोटका २ जनामा संक्रमण पुष्टि भएको गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । गत सोमबार संकलन गरीएका ६६ स्वाब परिक्षणका लागि हेटौंडा प्रयोगशाला पठाईएको थियो । ति मध्ये २ जनामा कोभिड १९ संक्रमण पाईएको हो भने बाँकी ६४ स्वाबको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।
संक्रमितहरु गैंडाकोट वडा नम्वर १ का २० वर्षका किशोर र गैंडाकोट ८ का ५७ वर्षका पुरुष रहेको जनाईएको छ । २० वर्षका किशोर असार १७ गते दुबईबाट आई क्वारेन्टाईनमा बसेका थिए भने ५७ वर्षका अर्का पुरुष असार १५ गते भारतको दिल्लीबाट आई क्वारेन्टाईनमा बसेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।
योसँगै गैंडाकोटमा संक्रमित हुनेको संख्या ३१ पुगेको छ भने नवलपुरमा संक्रमण पुष्टि हुनेहरुको संख्या २ सय ६० पुगेको छ ।

Share.

Leave A Reply