प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

0

२३ असार । भोलि असार २४ गतेबाट अहिलेका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अनिवार्य अवकास पाउने भएपछि नयाँ एआईजीमा सरकारले शैलेश थापा क्षत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई २८ औं महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

महानिरीक्षकको लागी एआईजीद्धय शैलेश थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको छ । २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा प्रहरी निरीक्षकदेखि एआईजीपी सम्म नम्बर एक बन्ने सौभाग्य पाउँदै आउनुभएको छ ।

व्यवसायीक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा चिनिने उहाँको यो छबिले गर्दा प्रहरी नेतृत्वमा पुगेका सबै आईजीपीहरुले विश्वास गर्ने र धेरै आइजीपी सँग सचिवालयमा बसेर काम गरेको अनुभव पनी रहेको छ ।

थापाले प्रहरीको केन्द्रीय प्रवक्ता,महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरिसक्नुभएको छ । उहाँले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्नु हुनेछ ।

Share.

Leave A Reply