नारायणगढ बजारमा जुवातास खेल्ने ८ जना पक्राउ

0

२३ असार । नारायणगढ बजारको वडा एरियामा लुकिछिपी जुवा तास खेल्ने ८ जनालाई हिजो चितवन प्रहरीले पक्राउ गरेको छ । जिलला प्रहरी कार्यालय चितवनले बिशेष सूचनाको आधारमा दिउसो साँढे ४ बजेतिर भरतपुर महानगरपालिका वडा नं.१ मिलनरोड स्थित प्रकाशमान कर्माचार्यको घरमा तास खेलीरहेकालाई पक्राउ गरिएको हो ।

एक आपसमा वाजी थापी जुवातास खेलि रहेको अवस्थामा भरतपुर १ मिलनरोड बस्ने बर्ष ५५ को प्रकाशमान कर्माचाय वडा नं.२ बस्ने बर्ष ४५ को सरस्वती कुमार श्रेष्ठ, वडा नं.१ बस्ने बर्ष ५७ को गम्भिर श्रेष्ठ, वडा नं.२ बस्ने बर्ष ४१ को अनिल कुमार श्रेष्ठ , ४९ वर्षका राज कुमार श्रेष्ठ , बर्ष ४५ को सुर्य कुमार श्रेष्ठ ,वडा नं.१६ बस्ने बर्ष ३५ को पुष्प कुमार श्रेष्ठ र भारत पश्चिम बंगाल, कोलकाता घर भई वडा नं.२ बालकुमारीचोक बस्ने बर्ष ३८ को बप्पी खान भन्ने शेख अब्बास उद्दिन लाई पक्राउ गरिएको हो ।

 

उक्त स्थानबाट जुवातास खेल्ने कार्यमा प्रयोग गरेको तास तीन बुक र नगद रू.६१,७४३र( (एकसठ्ठी हजार सात सय त्रिचालिस) बरामद गरी जुवा कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply