गैंडाकोट ५ का कोरोना संक्रमित निको भई डिस्चार्ज

0

२३ असार । गैडाकोट नगरपालिका वडा नम्वर ५ का एक जना कोरोना संक्रमित निको हुनु भएको छ ।

चिकित्सक समेत रहनुभएका उहाँको अन्तिम पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको नगरको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

 

उहाँसँगै नगरपालिकामा कोरोना निको हुनेको सख्या ६ पुगेको छ भने कोरोना संक्रमितको सख्या भने २९ पुगेको छ । हिजो संकलित ६६ स्वावको नतिजा आउन भने वाँकी रहेको छ ।

Share.

Leave A Reply