एनसीओ युके र विपतमा हामीद्धारा गैंडाकोट १८ को वसेनीका १०० घरधुरीलाई राहत वितरण

0

डोलराज रानाभाट, २० असार । कोभिड १९ को संक्रमण फैलन नदिन जारी लकडाउनले समस्यामा रहेका गैडाकोट नगरपालिका वडानम्वर १८ वसेनीका स्थानीयलाई हिजो राहत वितरण गरिएको छ । नेप्लीज् कम्युनीटी अक्सफोर्डशायर (एनसीओ युके) र विपतमा हामी अभियानले संयुक्त रुपमा उक्त स्थानका १०० घरधुरीलाई राहत वितरण गरेको विपतमा हामी अभियानका संयोजक गोकुल सापकोटाले जानकारी दिनुभयो । नगरपालिका वा सरकारले उपलब्ध गराएको नभई अभियान्ताहरुको सक्रियतामा वितरण गरिएको राहतमा प्रति घरधुरी १० केजि चामल दाल र तेल रहेको बताउनुभयो ।

संकटमा परेका जनतलाई सहयोग गर्न सधैँ तयार रहेको भन्दै वर्खाको समय गाडी फसेर समस्या भोग्नुपरेपनि मानविय सेवा सर्वोत्तम कार्य भएको भन्दै समस्यामा परे आफूहरुलाई सम्झन आग्रह गर्नुभयो । वडाअध्यक्ष तिल वहादुर चितौरेको रोहवरमा राहत हस्तान्तरण गरिएको हो । अभियानका संरक्षक गजेन्द्र आलेले राहत हस्तान्तरण गरेर सुरु गरिएको कार्यक्रमबाट आफूहरुको दैनिक चलाउन सहज भएको भन्दै स्थानीय जनताले सहयोगीहरुप्रति धन्यवाद दिनुभएको थियो । नगरपालिका भएपनि गाउँ नै रहेको उक्त ठाउँमा वर्खाको समय सवारी समेत नचल्ने, शहरमा पर्याप्त काम नपाईने र गाउँघरमा पनि अहिले नै अन्न उत्पादन भइनसकेको समयका कारण आफूहरु निकै कठीन अवस्थामा वाँच्नु परेको स्थानीय देउ वहादुर विकले बताउनुभयो ।

वर्खाको कठिन समयमा पनि गाउँमै आएर राहत दिँदा दैनिक संचालनमा गर्न सहज हुने बताउँदै एनसीओ युके र विपतमा हामीलाई धन्यवाद दिनुभएको थियो । अर्का स्थानीय छविराज सुनारी मगरले यसैगरी अन्य ठाउँका विपन्न समुदायलाई पनि सहयोग गरेर भोको नराख्ने कार्यमा निरन्तर लाग्न सुझाव दिँदै अभियानका सवैलाई आभार व्यक्त गर्नुभएको थियो ।

वडाअध्यक्ष तिलवहादुर चितौरेले दैनिकी संचालनमा कठीन विकट ठाउँका स्थानीय जनतालाई गाउँमै आएर राहत दिएकोमा दुवै संस्थालाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा समाजसेवीहरु गजेन्द्र आले, द्रवणवन सन्यासी, अभियानका सह संयोजक गोपाल सापकोटा, आर्थिक संयोजक राम तिवारी, अभियान्ताहरु किसान गुरुङ,चित्रध्वज जिसी, सरोज चालिसे लगायतको सहभागिता थियो ।

Share.

Leave A Reply