अर्बिट स्कुलको राष्ट्रिय सांस्कृतिक पहिरन फोटो प्रतियोगिता

0

भरतपुर / भरतपुर ५ विकासचोकमा रहेको अर्बिट स्कुलले राष्ट्रिय सांस्कृतिक पहिरन फोटो प्रतियोगिता आयोजना गरेको छ । नर्सरी देखि स्नातकोत्तर सम्मका विद्यार्थीका लागि आयोजना गरिएको उक्त प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ ।

अनलाइन भोटिङको आधारमा विजयीहरुको नाम सार्वजनिक भएको हो । भरतपुर-२, चितवनमा रहेको एपेक्स एजुकेसनल एकेडमीमा अध्ययनरत कक्षा ३ कि छात्रा सुयास्ना अधिकारी प्रथम भइन् भने दीक्षा अधिकारि द्वितीय भइन् । दीक्षा बिरेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर दोश्रो वर्षकि छात्रा हुन्। त्यस्तै इनरुव-३, सुनसरी मा रहेको जनक स्मृती मध्यमिक स्कुल कक्षा ८ मा अध्ययनरत छात्रा श्रीजा दुलालले तेस्रो स्थान हासिल गरिन्।

कोभिड १९ को विश्वव्यापी महामारीका कारण जारी लकडाउनको अवस्थामा पनि विद्यालयले अनलाइन कक्षा संचालन गर्नुका अतिरिक्त विभिन्न अनलाइन प्रतियोगिताहरू आयोजना गर्दै आएको छ ।

विद्यालयमा अहिले पनि भानु जयन्तीको अवसरमा ” भानु तिम्रो सम्झनामा ” भन्ने शिर्षकमा खुला राष्ट्रिय रामायण तथ कविता वाचन प्रतियोगिता भई रहेको कार्यक्रम संयोजक श्री प्रदिप कुमार करले जानकारी दिनुभयो । सो प्रतियोगितामा प्रथम हुने प्रतियोगिले रू २५००/- र द्वितीय हुने प्रतियोगिले रू १५००/- नगद पुरस्कार र प्रमाणपत्र पाउनेछन् । उत्कृस्ट दुई कविता अनलाइन मिडियामा प्रकाशित गरिनेछ।

अर्बिट स्कुलले एसईईपछिको अध्ययनलाई सहयोग पुग्नेगरी नि:शुल्क ब्रीजकोर्स कक्षाको तयारी गरिरहेको छ ।

Share.

Leave A Reply