राष्ट्रिय मुद्दामा सरकारलाई कांग्रेसको साथ रहेको सभापति देउवाको स्पष्टोक्ति 

0


जेठ ३१,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुगौली सन्धि अनुसार काली नदी पूर्वको भाग नेपालकै भएकाेले नक्सामा अटाएको बताउनुभएको छ । संविधान संशोधन विधेयेकको दफावार छलफलमा सभापति देउवाले अङ्ग्रेज र चीनका डकुमेन्टमा पनि काली नदीकाे पूर्वकाे लिम्पियाधुरा, लिपुलेक कालापानीलगायतका भूमि नेपालकै रहेको देखिएको उहाँले बताउनुभयो । यो राष्ट्रिय मुद्दा भएकाेले आफ्नो दलकाे पूर्णरुपमा समर्थन गरेको सभापति देउवाले बताउनुभयो । यसमा सबै पार्टीको समर्थन देखिएकोले राष्ट्रिय मुद्दामा नेपाल एकजुट हुन्छ भन्ने सन्देश फेरि फैलिएको उहाँकाे भनाइ छ ।
उहाँले यो निर्णयको लागि सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले अब कुटनीतिक वार्ताको लागि पनि नेपाली कांग्रेसको तर्फबाट समर्थन रहने बताउनुभयो ।

Share.

Leave A Reply