कोरोना सङ्क्रमितको संख्या १२ सय नाघ्यो, मृत्यु हुनेको संख्या ६

0


जेठ १६,
नेपालमा कोरोना सङ्क्रमितको संख्या हरेक दिन १ सयभन्दा बढीले थपिन थालेको छ । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना सङ्क्रमित थपिएर १ हजार २ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको पुष्टि गरेको छ ।

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीका एक जना युवकको मृत्यु भएको र उनमा कोरोना भाइरसको संक्रमण पुुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

यस्तै कोरोनाका कारण संक्रमित भएकामध्ये २ सय ६ जना स्वस्थ भएका छन् ।

Share.

Leave A Reply