देवचुलीमा थप २ पुरुषमा कोरोना संक्रमण पुष्टी, नवलपुरमा संक्रमितको सख्या ६ पुग्यो

0

डोलराज रानाभाट, १६ जेठ । नवलपुरको देवचुली नगरपालिकाका पुन २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार संक्रमित हुने व्यक्ति देवचुली ११ का १९ वर्षीय र देवचुली १५ का २१ वर्षीय पुरुष रहेका छन् ।

देवचुली ११ का संक्रमितको स्वाव मध्यविन्दु अस्पतालमा वुधवार संकलित ३२ जना मध्येको हो । उहाँको भरतपुर कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको हो भने उहाँ भारतको महाराष्ट्रबाट यही जेठ १२ गते देवचुली आइपुग्नुभएको थियो । त्यस्तै अर्का संक्रमित २१ वर्षीय युवा भारतको उत्तरप्रदेश बाट यही जेठ ९ गते भारतबाट आउनुभएको थियो । उहाँको हिजो संकलित ४० स्वाव मध्येबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

अन्य थप विस्तृत विवरण आउन वाँकी रहेको छ । संक्रमित दुवै जनालाई मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ । यसअघि हिजो देवचुली मै एक १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । उहाँलाई भरतपुर स्थित कोरोना अस्थायी अस्पतालमा राखिएको छ ।

Share.

Leave A Reply