यस्तो छ कोरोना संक्रमित देवचुली १ का १९ वर्षीय पुरुषको ‘ट्राभल हिस्ट्री’

0

डोलराज रानाभाट, १५ जेठ, गैडाकोट । देवचुली नगरपालिका वडानम्वर १ का एक १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । गत मंगलवार जेठ १३ गते संकलन गरिएको २७ वटा स्वाव मध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

गैडाकोट नगरपालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुको समेत र देवचुली नगरपालिकाका ६ जनाको स्वाव उक्त दिन संकलन गरि परीक्षणको लागि भरतपुरको कोरोना परीक्षण प्रयोगशाला पठाइएको थियो । भरतपुर अस्पतालका अनुसार उक्त २७ स्वाव सहित उक्त दिन परिक्षण गरिएको १०५ स्वाव मध्ये १०४ नेगेटिभ र उक्त पुरुषमा भने संक्रमण भएको पुष्टी भएको हो । १९ वर्षीय युवा गत जेठ १० गते देवचुली आइपुग्नु भएको थियो ।

भारतको हरिद्धावार बाट जेठ ८ गते प्रस्थान गरी जेठ ९ गते गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरी सोही दिन रात्रीबसमा आएर जेठ १० गते विहान करिव ११ बजे देवचुली आइपुग्नु भएको थियो ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार आउनासाथ देवचुली १४ को जनज्योति नुमना माविको क्वारेनटाइनमा राखिएको थियो । अहिले उहाँको प्रत्यक्ष सम्लग्नमा रहेका व्यक्तिहरुको पहिचान गरी स्वाव संकलन गर्ने कार्य भइरहेको छ ।

भारतबाट आउनेहरुमा संक्रमण उच्च रहेको भन्दै समुदाय स्तरमा भने हालसम्म कोरोना नफैलिएको चापागाईले प्रष्ट पार्नुभयो । उहाँलाई भरतपुरको कोरोना अस्थायी अस्पताको आइसोलसेनमा राखिएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो संगै देवचुलीमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।

यस अघि वैशाख ३१ गते भारतबाट सिधै भरतपुरको कोरोना अस्थायी अस्पताल पुग्नुभएका देवचुली १२ का ४९ वर्षीय पुरुषमा पहिलो कोरोना संक्रमण पुष्टी भएको थियो । उहाँलाई कोरोना भएको जेठ १ गते पुष्टी गरिएको हो ।

त्यस्तै दोस्रो देवचुली २ मा माइत भएकी २४ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टी भएको थियो । उहाँको स्वाव काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जेठ ६ गते कोरोना भएको पुष्टी गरिएको थियो । वुटवल घर भएपनि भाइतको ठेगाना दिएपछि उहाँलाई यहीको ठेगानामा राखिएको हो ।

अहिले तेस्रो व्यक्तिको पनि आज संक्रमण भएको पुष्टी गरिएको छ । यस सँगै नवलपुर जिल्लामा कोरोना भाइरस संक्रमित हुनेको सख्या ४ पुगेको छ । यस अघि जेठ ९ गते विनयी त्रिवेणी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना देखिएको थियो । भारतबाट आएका उहाँलाई पनि अहिले भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा नै राखिएको छ ।

Share.

Leave A Reply