गैडाकोट नगरपालिकाद्धारा व्यवसायिक कृषि खेती गर्नेलाई ५ लाख सम्म अनुदान दिने गरी प्रस्ताव आह्वान

0

डोलराज रानाभाट, १४ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकाको कृषि विकास शाखाले व्यवसायिक तरकारी खेती र भकारो सुधारका लागि निवेदन माग गरेको छ ।

आज सूचना निकालेर ५ लाख सम्मको अनुुदान उपलब्ध गराउने गरी व्यवसायिक तरकारी खेतीका तीन वटा कार्यक्रममा अनुदान उपलब्ध गराउने भन्दै निवदेन हाल्न आग्रह गरेको हो । प्रस्तावना अनुसार ५ लाख सम्मको अनुदान उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

त्यसका लागि दर्ता भएको कृषक समुह वा सहकारी को सिफारिसमा व्यक्तिगत रुपमा पनि प्रस्ताव हाल्न सकिने भएको छ । त्यस्तै भकारो सुधार कार्यक्रम १५ वटा रहेको भन्दै यसमा २० हजार अनुदान दिइने भएको छ । एउटै कलष्टरमा कार्यक्रम गर्ने गरी प्रस्ताव पेश गर्न सकिनेछ । आर्थिक वर्ष २०७६÷०७७ को सशर्त तर्फको स्वीकृत वार्षिक र्काक्रम अनुसार यो कार्यक्रम संचालन गरिने भएको हो ।

यसैविच नगरपालिकाको पशुसेवा शाखाले १० जना कृषकहरुलाई १० हजार रुपैयाका दरले वाख्राको खोर सुधारका लागि अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको बजेटबाट गैडाकोट १ का प्रेम कुमार शर्मा पौडेल, गैडाकोट ४ का भिम वहादुर श्रीस मगर, गैडाकोट ६ का दामोदर सापकोटा, गैडाकोट १२ का हेमलाल सापकोटा, गैडाकोट १३ का तारा बहादुर मल्ल, गैडाकोट १४ का रुद्र वहादुर घर्ती र मोहराज शर्मा, गैडाकोट १६ का कृष्ण रानाभाट, गैडाकोट १८ का पदम वहादुर आले र शुसिला आले मगर छनौट हुनुभएको छ ।

उहाँहरुलाई आजको मितिले सात दिनभित्र नगरपालिका गएर सम्झौता गर्न आग्रह गरिएको छ । नगरको आर्थिक विकास समितिको गत चैत्र ४ गते बसेको बैठकले १० जनाको नाम छनौट गरी अनुदान दिने निर्णय भएको पशु चिकित्सक डा प्रमोद कुमार पौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply