नेपालमा कोभिड–१९ संक्रमितहरुको सङ्ख्या ८८६, आज ११४ जनामा संक्रमण, ४७ जिल्लामा संक्रमण, १८३ निको भए

0


प्रेम क्षेत्री
जेठ १४, गैंडाकोट । आज १ सय १४ जनामा संक्रमण देखिएसँगै नेपालमा कोभिड–१९ का पुष्टी भएका संक्रमितहरुको सङ्ख्या ८ सय ८६ पुगेको छ ।
देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा आज १ सय १४ जनामा संक्रमण देखिएको होे । पुरुष ७ सय ९६ जना र महिला ९० जनामा यसको संक्रमण देखिएको हो ।
४७ जिल्लामा यसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
प्रदेश १ का ७ वटा जिल्लामा १०३ जना, प्रदेश २ का ८ वटा जिल्लामा ३२४ जना, बागमती प्रदेशका ११ जिल्लामा ३९ जना, गण्डकी प्रदेशका ४ जिल्लामा १३ जना, प्रदेश ५ का ९ जिल्लामा ३६५ जना, कर्णाली प्रदेशका ३ वटा जिल्लामा २५ जना र सुदुरपश्चिम प्रदेशका ५ वटा जिल्लामा १७ जनामा संक्रमण देखिएको छ ।
४१ जना महिला र १४२ पुरुष गरि हालसम्म १८३ जना निको भई घर फर्किएका छन् ।
नेपालमा संक्रमण रोक्न सरकारले गरेको लकडाउन जारी छ । आज लकडाउन ६५ औं दिनमा पुगेको छ ।

Share.

Leave A Reply