चोरी भएको मोटरसाइकल सहित एकजना पक्राउ

0


प्रेम क्षेत्री
जेठ १४, गैंडाकोट । गत ४ गते राती गैंडाकोट नगरपालिका वडा नम्वर ५ बाट चोरी भएको मोटरसाइकल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाईकल सहित गैंडाकोट ४ का सुनिल परियारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटको प्रमुख प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । उनलाई म्याद थप गरि थप अनुसन्धान भईरहेको उहाँको भनाई छ ।

४ गते राती राधा दामोदर चोक नजिक आँगनमा राखेको मोटरसाइकल चोरी भएको थियो । ना १३ प ४००२ नम्वरको सुपर स्पेल्ण्डर नामको बाइक चोरी भएको र खोजी गरिदिन सीम टिभी गैडाकोटका निर्देशक सन्तोष अधिकारीले आग्रह गर्नुभएको थियो ।

गैंडाकोटमा निरन्तर चोरीका घटना बढेपछि प्रहरीले निगरानी वढाएको छ । लकडाउनको समयमा चोरीका घटना हुन सक्ने भन्दै नगरबासीलाई सचेत रहन प्रहरीले आग्रह समेत गरेको छ ।

Share.

Leave A Reply