अक्सफोर्ड कलेज गैंडाकोटद्धारा खाद्यन्न र मास्क सहयोग

0

१४ जेठ, गैडाकोट । गैडाकोट नगरपालिका १ मा रहेको अक्सफोर्ड कलेज गैडाकोटले जेठ १२ गते सोमवार खाद्यन्न र मास्क सहयोग गरेको छ ।

कलेजका प्रमुख इन्जिनियर हरि भण्डारीले नारायणी टोलबिकाश संस्थामा रहेका २ सय ६ घरपरिवार लाई राहत वितरण गरिएको बताउनुभयो । कलेजले कोरोनाको महामारीमा पनि अग्रपंक्तिमा रहेर काम गर्ने ईलाका प्रहरि कार्यालय गैंडाकोटलाई पनि सहयोग गरेको छ ।

प्रहरीहरुलाई के एन ९५ मास्क ४६ थान हस्तान्तरण गरिएको हो । आफ्नै कलेज रहेको टोलका बासिन्दालाई सहयोग गरेकोमा नगरपालिकाका नगर प्रमुख छात्रराज पौडेलले धन्यवाद दिनुभएको थियो ।

गैडाकोट २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले एकद्वार प्रणाली लाई पालना गर्दै कलेजले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सदस्यहरु यदुनाथ सापकोटा, शुभेच्छादलि प्रधान सहित जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply