गैडाकोट १ ले बनायो व्यवस्थित १२ वेड सहितको क्वारेनटाइन

0

तस्विर ः श्रीधर उपाध्याय

डोलराज रानाभाट, १३ जेठ , गैडाकोट । गैडाकोट नगरपालिका वडानम्वर १ ले व्यवस्थित वेड सहितको क्वारेनटाइन निर्माण गरेको छ । हिजो ९ सदस्यीय समिति गठन गरेर काम विभाजन दिई आज क्वारेनटाइन तयार पारिएको वडा अध्यक्ष हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

९ सदस्यीय बाट पनि फेरि तीन वटा समिति बनाएर कामको जिम्मा दिई नेपाल राष्ट्रिय शमसेर आदर्श मावि गैंडाकोट १ मा क्वारेनटाइन तयार पारिएको हो ।

तस्विर ः श्रीधर उपाध्याय

अहिले तत्काल व्यस्थित १२ वटा वेड तयार पारिएको र आवश्यकता अनुसार वढाउदै लैजाने वडाअध्यक्ष सापकोटाको भनाई छ । आवास तयार भइसके पछि सुरक्षा समितिले लाईनहरु बनाउने, सांकेतिक चिन्हहरु दिने लगायतका कार्य गर्नेछ ।

वडा सदस्य सुरेन्द्र प्रसाद रेग्मीको संयोजकत्वमा मुल समिति, कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा भान्छा व्यवस्थापन समिति र मोतिचन्द्र चालिसेको संयोजकत्वमा सुरक्षा समिति निर्माण गरी क्वारेनटाइन निर्माणलाई तीव्र पारि क्वारेनटाइन व्यवस्थित पारिएको  वडा अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

हालसम्म भारत, अष्ट्रेलिया, कतार,दुवई बाट १२ जना आउने नामावली प्राप्त भएको र दुई जना आएर नारायणी माविमा राखिएको र यहाँ पूर्ण व्यवस्थित भएपछि उनीहरुलाई यही राखिने छ । क्वारेण्टाईनमा चार पटक खाना नास्ता र वाइफाईको व्यवस्था गर्ने तयारी रहेको वडाअध्यक्ष सापकोटाले बताउनुभयो  ।

Share.

Leave A Reply