गैडाकोट नगरपालिकामा आज २७ जनाको स्वाव संकलन,जिल्लामा २०१ जनाको पीसीआर परीक्षण सम्पन्न

0

डोलराज रानाभाट, १३ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकामा आज २७ जनाको स्वाव संकलन गरिएको छ । कोरोना भाइरस रहे नरहेको परीक्षण गर्न गरिने पीसीआरका लागि उक्त स्वाव सकलन गरिएको गैडाकोटका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

देवुचलीका ६ जना सहित नगरभित्रैका क्वारेनटाइनमा रहेका, केही स्वास्थ्यकर्मी जनप्रतिनिधिहरुको स्वाव संकलन गरि परीक्षणको लागि भरतपुरको कोरोना परीक्षण प्रयोगशाला पठाइएको छ ।

हिजो ७ जनाको स्वाव संकलन गरी परीक्षणका लागि भरतपुर प्रयोगशाला पठाइएकोमा आज राति ८ बजेसम्म रिपोर्ट आउने र आज पठाइएका स्वावको भोलि राति ८ बजेसम्म रिपोर्ट सार्वजनिक हुने पौडेलले बताउनुभयो । नगरप्रमुख छत्रराज पौडेलले पीसीआर परीक्षणको दायरा वढाउने बताएसँगै स्वाव संकलनलाई तिव्र पारिएको छ । स्वाव राख्ने भिटिएम लगायतका सामाग्री पनि नगरसँगै र स्वाव झिक्ने प्राविधिक पनि उपलब्ध भएपछि अहिले कोरोना परीक्षणको दायर वढाउन नगरपालिकालाई सहज भएको छ ।  यो सहित नगरभित्र हालसम्म ६५ जनाको पीसीआर परीक्षण हुने र हिजो ७ र आज २७ जना वाहेकको सवै जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

नगरभित्र रहेका क्वारेनटाइनमा हालसम्म २७ जना रहेका छन् जसमा २३ जना भारतबाट आएका छन् । यसैविच आज पुन भारतबाट ४ जना थपिने भएका छन् । सुनौली नाकामा भएका गैडाकोटका स्थानीयहरु आज आइपुग्ने र उनीहरुलाई क्वारेनटाइनमा राखिने इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

यसैविच जिल्लामा २०१ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ । जसमा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको र वाँकी सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभाये । तीन संक्रमित मध्ये दुई जना भरतपुर स्थित कोरोना अस्थायी अस्पतालमा र एक युवतीको काठमाण्डौमा उपचार जारी छ ।

यस्तै जिललामा आज सम्म २ हजार १ सय ८६ जनाको आरडिटी परीक्षण गरिएको छ । जिल्लामा भारतबाट आउनेहरुसको सख्यामा वृद्धि हुँदै गएको छ । हालसम्म भारटबाट ४११ र अन्य जिल्लाबाट ७१ ज्ना मानिस जिल्लामा भित्रिएका छन् । उनीहरुलाई क्वारेनटाइनमा राखिएको छ ।

Share.

Leave A Reply