नेपालमा कोभिड–१९ संक्रमितको सङ्ख्या ७७२, आज ९० जनामा संक्रमण, ४६ जिल्लामा संक्रमण, १५५ निको भए (अपडेट)

0


प्रेम क्षेत्री
जेठ १३, गैंडाकोट । आज ९० जनामा संक्रमण देखिएसँगै नेपालमा कोभिड–१९ का पुष्टी भएका संक्रमितहरुको सङ्ख्या ७७२ पुगेको छ ।
देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा आज ९० जना संक्रमण देखिएको होे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणमा ३५ जनामा संक्रमण देखिएको छ । भेरी अस्पताल, नेपालगञ्जमा १ जना, प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा ७ जना, सेती प्रयोगशालामा २ जना, पोखरामा गरिएको परिक्षणमा २ जनामा संक्रमण देखिएको छ । उनिहरु दुवैजना स्याङ्जा वालिङ ७ का रहेको जनाईएको छ । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा १२ जनामा पुष्टी भएको हो । नेपालगञ्जमा गरिएको परिक्षणमा थप ७ जना रहेका छन् । दाङमा गरिएको परिक्षणमा २४ जना रहेका छन् ।
आज थप केही नयाँ जिल्लामा यसको संक्रमण देखिएको छ । ४६ जिल्लामा यसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
प्रदेश १ का ७ वटा जिल्लामा ८६ जना, प्रदेश २ का ८ वटा जिल्लामा २६८ जना, बागमती प्रदेशका ११ जिल्लामा ३८ जना, गण्डकी प्रदेशका ४ जिल्लामा ७ जना, प्रदेश ५ का ८ जिल्लामा ३३१ जना, कर्णाली प्रदेशका ३ वटा जिल्लामा २५ जना, सुदुरपश्चिम प्रदेशका ५ वटा जिल्लामा १७ जनामा संक्रमण देखिएको छ ।
३१ जना महिला र १२४ पुरुष गरि हालसम्म १५५ जना निको भई घर फर्किएका छन् ।
नेपालमा हालसम्म पिसिआर विधिबाट ५४ हजार ४ सय २४ वटा परिक्षण गरिएको छ भने आरडिटि विधिबाट ९७ हजार ९ सय ६७ वटा परिक्षण गरिएको छ ।
हालसम्म मृत्यु हुनेको सङ्ख्या ४ रहेको छ । नेपालमा संक्रमण रोक्न सरकारले गरेको लकडाउन जारी छ । आज लकडाउन ६४ औं दिनमा पुगेको छ ।

Share.

Leave A Reply