नेपालमा कोभिड–१९ संक्रमितहरुको सङ्ख्या ७७२, आज ९० जनामा संक्रमण

0


प्रेम क्षेत्री
जेठ १३, गैंडाकोट । आज ९० जनामा संक्रमण देखिएसँगै नेपालमा कोभिड–१९ का पुष्टी भएका संक्रमितहरुको सङ्ख्या ७७२ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणमा ३५ जनामा संक्रमण देखिएको छ । भेरी अस्पताल, नेपालगञ्ज, १ जना, प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा १२ जनामा पुष्टी भएको हो । त्यस्तै प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परिक्षणमा ७ जनामा, सेती अस्पताल २ जना, पोखरामा गरिएको परिक्षणमा १ जनामा संक्रमण देखिएको हो । स्याङ्जामा यसको संक्रमण देखिएको छ ।

४६ जिल्लामा यसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply