नेपालमा कोभिड–१९ का ७२ नयाँ पुष्टी, संक्रमितहरुको सङ्ख्या ६ सय ७५

0


प्रेम क्षेत्री
जेठ १२, गैंडाकोट । आज ७२ जनामा संक्रमण देखिएसँगै नेपालमा कोभिड–१९ का पुष्टी भएका संक्रमितहरुको सङ्ख्या ६७५ पुगेको छ ।
सोमबार बिहान ७२ जनामा कोभिड–१९ को संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं बारा, रौतहट, सप्तरी, बाँके, दैलेख जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् ।
दैलेखमा एक महिला रहेको र अन्य सबै पुरुष रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
संक्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कका रहेको पनि मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply