कुखुराको खोरको छानाले च्यापीएर गैडाकोटमा २ जनाको मृत्यु

0

१२ जेठ, गैडाकोट । आइतबार साँझ अप्रत्यासित रुपले चलेको हावाहुरी र वर्षाको कारणले ठुलो धनजनको क्षति भएको छ । गैंडाकोटमा कुखुराको छानोले च्यापिदा २ जनाको मृत्युु भएको छ ।

गैँडाकोट वडा नं ६ स्वावलम्वन टोलमा रहेको कुखुराको खोर पूर्णतया क्षतविक्षत भएको छ ।  सोही खोरमा  च्यापिदा गैँडाकोट ८ बस्ने ३५ वर्षीय काशीराम पौडेल र उहाँकै घरमा डेरा गरी बस्ने वर्ष ४० का सूर्यबहादुर भण्डारी को मृत्युु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख इन्सपेक्टर चन्द्रबहादुर थापाले विजय एफएम लाई जानकारी दिनुभयो ।

उहाँहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । छोराहरु वर्ष ९ का प्रतिक पौडेल र डेढ वर्षका सुमिन भण्डारीलाई भने उहाँहरुले काखमा राखेर बचाउनु भएको हाम्रा सहकर्मी गोविन्द रिमालले जानकारी दिनुभयो ।

घटना पछि इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाहरुको सहयोगमा खोर पन्छाएर उनीहरुलाई उद्धार गरिएको थियो । खोरले च्यापेर ३ ओटा बाख्रा पनि मरेका छन् भने सयौँ कुखुरा मरेका छन् । करिब एक हजार कुखुरा रहेका सो खोर बाँसबाट बनाइएको थियो ।

यस्तै यता सहमती सस्था गैंडाकोटमा पनि क्षति पुगेको छ । सहमति संस्थाको टिनको छानो उडाएको छ । उता गैडाकोट १ वृटिश क्याम्प नजिक सालका रुखहरु ढलेर वस्तीलाई क्षती गरेको छ ।ठूलो सालको रुख ढलेका कारण वीर वहादुरको घरमा क्षती पुगेको छ भने गिता गुरुङ सामान्य घाइते हुनुभएको छ । वस्तीमा आधा दर्जन वढि रुख ढलेको सहकर्मी श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।

Share.

Leave A Reply