सुनौली नाकामा आइपुगेका माडीबासीको उद्धार, ६८ जना सम्पर्कमा, नगर प्रमुख कृष्णनगर प्रस्थान

0


प्रेम क्षेत्री
जेठ १० । आफ्ना नागरबासीको उद्धारका लागि सुनौली पुगेको माडी नगरपालिकाको टोलीले ६८ जनाको उद्धार गरेको छ ।
भारतका विभिन्न शहरहरुबाट स्वदेश फर्किने क्रममा सुनौली नाकामा आइपुगेका ६८ जनालाई उद्धार गरि माडी तर्फ प्रस्थान गरेको माडी नगरापालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । सो गाडी अहिले दाउन्नेदेखी पूर्वतर्फ लागिसकेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सुनौली नाकाबाट ६२ जना माडीबासीको उद्धार गरिएको छ भने बाँकी ६ जना भरतपुर महानगरपालिकाका रहेका छन् ।


नगर प्रमुख ढकालसँगै अहिले एक टोली पश्चिमी नेपालको कृष्णनगर प्रस्थान गरेको छ । केहीबेरमा त्यहाँ आईपुगेका माडीबासीहरुको उद्धार गरिने उहाँले जानकारी दिनुभयो । हाल जानकारीमा आए अनुसार कृष्णनगरमा १३ जना माडी र २ जना भरतपुरका गरि १५ जना सम्पर्कमा आएका छन् ।
उनिहरुको उद्धारका निम्ति २ वटा मेट्रोबस लिएर माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल तथा वडाध्यक्षहरु रामबन्धु पोखरेल, ईश्वरी ढकाल र कृष्णप्रसाद पौडेल एवं माडीका स्वास्थ्यकर्मीहरुको टोली प्रस्थान गरेको थियो ।
सो स्थानबाट माडी आइपुगेकाहरुलाई बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयस्थित क्वारेन्टीनमा राख्ने व्यवस्था मिलाईएको समेत उहाँले जानकारी दिनुभयो । माडीबासीलाई सुरक्षित रुपमा घर आउन सक्ने वातावरण निर्माण गरि नगरपालिकाले सोही अनुसारको तयारी गरिरहेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply