अस्ताए बलिउड अभिनेता ऋषि कपूर

0


बैशाख १८, एजेन्सी, मुम्बई–
दिग्गज बलीवुड अभिनेता ऋषि कपूरको ६७ बर्षको उमेरमा बुधवार राती निधन भएको छ । स्वास्थ्यमा खरावी आएपछि कपूरलाई मुम्बईको एच एन रिलायंस अस्पतालामा भर्ना गरिएको थियो । कपूरको निधन भएको पुष्टी बलिवुड महानायक अमिताभ बच्चनले एक ट्वीट मार्फत गर्नुभएको छ । बच्चनले ट्वीटमा लेख्नुभएको छ – “उ गयो, ऋषि गयो, अहिले उनको निधन भएको छ, म टुटेको छु ।”


भाई रणधीर कपूरले पनि दाई ऋषि कपूरको निधन संवन्धी खबरको पुष्टी गरेका छन । रणधीरका अनुसार ऋषिलाई अचानक श्वासप्रश्वासमा समस्या भएको थियो । २९ अप्रिलका दिन बलिउडले नायक इरफान खानलाई गुमाएको थियो । खनाको निधन भएको एकदिन पछि नै ३० अप्रिलको दिन दिग्गज अभिनेता ऋषि कपूरलाई समेत अलविदा भन्नु परेको छ ।

ब्याक टू ब्याक दिग्गज अभिनेताको निधन बलिउड फिल्म इंडस्ट्रीजका लागि ठूलो झट्का मानिएको छ । ऋषि कपूरको निधनका कारण भारतमै शोकको अवस्था देखिएको छ सामाजिक संजालमा समेत उनिप्रति श्रद्धासुमन ब्यक्त गरिएका छन । ऋषि कपूरले भारतीय सिनेमा जगतमा अतुलनीय योगदान गर्नुभएको छ । उहाँले कैयौँ सुपरहिट फिल्ममा काम गर्नुभएको थियो ।

Share.

Leave A Reply