लकडाउन लम्विएसँगै गैडाकोटमा कडाई, पाँच मोटरसाइकल नियन्त्रणमा, ओभर स्पीडमा गुडेका ५ सवारीलाई पनि कारवाही

0

डोलराज रानाभाट, गैडाकोट, २४ चैत्र । मन्त्रिपरिषदको आज बसेको बैठकले लकडाउन वैशाख ३ गतेसम्म लम्व्याउने निर्णय गरेको छ । भोलि चैत्र २५ गते राति १२ बजेसम्मका लागि गत चैत्र १६ गते वसेको मन्त्रिपरिषद वैठकले लम्व्याउने निर्णय गरेको थियो ।

आज पुन अवधि थपिएको छ । लकडाउनको म्याद थपसँगै इलाका प्रहरी कार्यालय गैडाकोटले पनि थप कडाई गरेको छ । आज मात्रै लकडाउन उल्लघंन गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिन सुरु गरिएको प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाले जानकारी दिनुभयो । अत्यावश्यक काममा हिँडेको रहेछ भनेमात्रै छाडिएको अन्यथा नियन्त्रणमा लिने गरिएको उहाँले बताउनुभयो ।

यसैविच लकडाउनका समय खाली सडकमा ट्राफिक नियम उल्लघन गर्ने ५ वटा सवारीलाई आज कारवाही गरिएको छ । पाँचै वटै सवारी तरकारी वोक्ने भएको र खाली सडक देखेर ओभर स्पीडमा संचालन गरेका कारण नियन्त्रणमा लिएर सम्झाई वुझाई छाडेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

खाली सडक देखेर ट्राफिक नियम नै उल्लघंन गरी सवारी चलाएका चालक पनि प्रहरीको निगरानीमा रहने थापाले प्रष्ट पार्नुभयो । सवै कानुन र नियममा संचालन हुन आग्रह गर्दै थापाले लकडाउनमा घरवाट वाहिर ननिस्कन आग्रह गर्नुभयो ।

नगरपालिकाले हिजो मात्र साँझपख मानिसको चहलपहल हुन थालेपछि अपरान्ह ४ बजेपछि औषधि वाहेक सवै पसल वन्द गर्ने निर्णय गरेको थियो । जसको कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालयले निगरानी गरिरहेको र हिजो भन्दा आज मुभमेन्ट कम भएको बताउनुभयो ।

Share.

Leave A Reply