भरतपुर कोरोना अस्पतालमा ६६ जनाको नमुना संकलन, ५९ जनाको नतिजा नेगेटिभ

0

डोलराज रानाभाट, गैडाकोट, २४ चैत्र । ७० वेडको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालबाट हालसम्म ६६ जनाको नमुना संकलन गरिएको छ । कोरोना संक्रमणको आशंकामा संकलन गरिएको उक्त नमुना मध्ये ५९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अझै ८ वटा संकलन भएका नुमना पठाउन वाँकी रहेको र हिजो मात्रै ७ वटा कोरोना अस्पताल, १ वटा भरतपुर सरकारी अस्पताल, १ वटा सीएमसी र १ वटा रत्ननगरबाट संकलित नुमना हेटौडा पठाइएको छ । जसको नतिजा आज आउने बताइएको छ । चैत्र ७ गतेदेखि संचालमा आएको अस्पतालमा हाल सम्म २८२ जनाले सेवा लिइसकेका छन् ।

जसमा आज विहान सम्म २१ जना नयाँ विरामी रहेका छन् । हालसम्म एचडियु र आईसियुमा विरामी रहेका छैनन् भने अस्पताल ले जनाए अनुसार अन्य अस्पतालबाट १३ जनाको नमुना संकलन भएको र जसमध्ये १० जनाको नतिजा पनि नेगेटिभ देखिएको छ । १९८ पुरुष सहित २८२ जनाले सेवा लिएपनि कोरोना आशंका का विरामी भने कम रहेका छन् ।

अहिले ५३ जना महिला सहित ७४ जना जनरल वेडमा विरामी रहेका छन् । ज्वारो आउनासाथ कोरोना अस्पताल पठाउने गर्दा पनि सेवा लिने धेरै देखिएका हुन् । तर लक्षणसँग मेल खाने देखिएमा मात्रै नमुना परीक्षणको लागि पठाउने गरिन्छ । जसमा ४६ जना पुरुष र २० जना महिलाको हालसम्म नुमना संकलन भएको हो । त्यस्तै ४० जना पुरुष र १९ जना महिलाको नतिजा नेगेटिभ आएको हो । हालसम्म ३९ पुरुष सहित ५९ जना डिस्चार्ज भएका छन् ।

हिजो मात्रै २ जनालाई होम क्वारेनटाइनमा वस्न सुझाव सहित १२ जनालाई डिस्चार्ज गरिएको छ । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा स्थापना गरिएको आधुनिक सेवा प्रविधि सहितको अस्पतालमा ५० वटा जेनरल,१० वटा एचडियु र १० वटा आइसीयु वेड रहेका छन् ।

Share.

Leave A Reply